धनगढी । राष्ट्रियता लोकतन्त्र र समरुपतावाद प्रति समर्पित, दलित मुक्ति आन्दोलनका अगुवा योद्धा,एवं समरुपतावादी नेता स्व.चन्द्र वहादुर रैका को १८ औँ स्मृति दिवस विविध कार्यक्रमका साथ गोदाबरी नगरपालिकाको अत्तरियामा मनाईएको छ चन्द्र पशुपति रैका स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेशका निबर्तमान सामाजिक बिकास राज्यमन्त्री टेक वहादुर रैका रहनुभएको थियोे ।
कार्यक्रममा निबर्तमान राज्यमन्त्री रैका ले स्व चन्द्र वहादुर रैका शोषित पिडित जनताका लागि मरिमेट्ने एक सच्चा क्रान्तकारी योद्धा भएको बताउनुभयो । उहाँले स्व.रैका ले अगाल्नु भएको समरुपतावादी सिद्धान्त अहिले पनि महत्वपूर्ण र सान्दर्भिक रहेको विचार व्यक्त गर्नुका साथै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
कार्यक्रमका सहभागीहरुले स्व रैका एक सच्चा देशभक्त ईमान्दार र दलित एवं सिमान्तकृत वर्ग समुदायका लागि सदा संघर्षशिल नेता भएको बताउदै राष्ट्रियता लोकतन्त्र मानवअधिकार समाजिक न्याय समानता र दलित मुक्ति आन्दोलनमा स्व.रैकाको अतुलनिय र अनुकरणीय योगदान रहेको बताउदै भावपूर्ण श्रद्धान्जली अर्पण गरेका थिए ।
यसै विच रैकाको १८ अौँ स्मृति दिवसको अवसरमा गोदाबरी नगरपालिका अत्तरिया स्थित सेभ हाउसमा रहेका असहाय/विपन्न महिला र बालबालिकाहरुलाई खाद्य तथा पोषण र सरसफाइ सामाग्री सहयोग गरिएको छ । जस अन्तर्गत चामल २५ केजी,दाल ४ केजी,भुजा १० प्याकेट,चिउरा ३ प्याकेट,चाउचाउ १ पेटी,नुन ५ प्याकेट,बिस्कुट १, पेटी,साबुन १२ पिस,निरमा ६ प्याकेट,कोलगेट २ पिस लगायतको खाद्य सामाग्री सहयोग गरिएको थियो ।
उक्त सामाग्रीहरु कार्यक्रमका प्रमुख अतिथी निबर्तमान राज्यमन्त्री टेक वहादुर रैका ले महिला तथा बालबालिका सेभ हाउसका बरिष्ठ उपाध्यक्ष एंव महाकाली अस्पताल बिकास समितिका अध्यक्ष डा.नर बहादुर मौनी र सेभहाउसकी अाजिवन सदस्य धना चोखाललाई हस्तान्तरण गर्नुएको थियो । कार्यक्रममा सेभ हाउसका बरिष्ठ उपाध्यक्ष डा.नर बहादुर मौनी,धना चोखाल, चन्द्र-पशुपति रैका स्मृति प्रतिष्ठानका सचिव राजेन्द्र रैका लगायतकाले मन्तब्य राखेका थिए ।