धनगढी ,असाेज । संविधानसभा सदस्य एंव दलित,हलिया,कमैया मुक्ति आन्दोलनका राष्टिय अगुवा हरि श्रीपाईलीले सरकार मुक्त कमैया हलिया र दलितका सवालमा गम्भीर हुनपर्ने बताएका छन् । संबिधान दिवसको अवसरमा मुक्त कमैया बिकास मंच धनगढी ले कैलारी गाउँपालिका वडा नं ५ मुक्त कमैया शिबर शान्ति टोलमा आयोजना गरेको संबिधान दिवस र दलित मुक्त कमैया,हलिया कमलरीका सवाल बिषयक अन्तरक्रिया कार्यक्रममा पूर्ब साँसद श्रीपाईलीले उक्त कुरामा जोड दिएका हुन ।
उहाँले राज्य गम्भिर नहुँदा संबिधान प्रदत्त अधिकार समेत सिमान्तकृत समुदाय ले प्राप्त गर्न नसकेको बताउँदै ठोस निति तथा कार्यक्रमका साथ सिमान्तकृत समुदायको हक अधिकार स्थापित र सम्मानजनक न्यायीक पुर्नस्थापना गर्नुपर्नेमा बताउनुभयो । कार्यक्रममा मुक्त कमैया अगुवा कौशिला चौधरी,अधिकारकर्मी ईन्द्र चौधरी लगायतकाले मन्तब्य राखेका थिए ।