कञ्चनपुरको एक बिद्यालयमा अनियमितता भएको भन्दै

२९ भाद्र २०८०, शुक्रबार
कञ्चनपुरको एक बिद्यालयमा अनियमितता भएको भन्दै

शुक्रराज राना/बेलौरी: कञ्चनपुरको एक बिद्यालयमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

बेलौरी नगरपालिका–४ स्थित शान्तिपुर माविमा अनियमितता भएको भन्दै भदौ १७ गते अख्तियारको कञ्चनपुर कार्यालयमा बेनामी उजुरी परेको हो ।

उजुरी परेको भोलिपल्ट भदौ १८ मा अख्तियारले शिक्षा इकाई कञ्चनपुर मार्फत बिद्यालयलाई उजुरीमा उल्लेखित आरोपहरुको प्रमाणित कागजात सहित ७ दिनभित्र बुझाउन पत्र पठाइसकेको छ ।

पत्र पठाएको ११ दिन हुदा सम्म बिद्यालयले कागजात पठाएको छैन । बिद्यालय व्यवस्थापन समिति अध्यक्ष वीर बहादुर चौधरीका अनुसार बेला बेला सार्वजनिक बिदा परेकाले समयमै कागजात पठाउन नसकिएको हो ।

“हामीलाई पत्र आइसकेपछि व्यवस्थापन समितिले छलफल बोलायो,” अध्यक्ष चौधरीले भने, “बिद्यालयसङ्ग सबै कागजात सुरक्षित छन् । आरोप झुठो हो । आज सम्पुर्ण कागजात तयार पारी बुझाइने छ ।”

बिद्यालयलाई भदौ १७ मा परेको बेनामी उजुरी अनुसार कक्षा १२ तर्फ कृषि प्रविधिकमा कोटा पुगाउन बिद्यालयमा उपस्थित नभई परीक्षा दिएको, बिद्यालयका प्रअ प्रेम बाहदुर थापाले १–१० र १०–१२ कक्षा अध्यापन गराउदा दोहोरो भत्ता लिने गरेको आरोप छ ।

त्यस्तै बिद्यालयले नेपाली बिषयमा राहत शिक्षक नियुक्ति गर्दा ४÷५ लाखको चलखेल भएको लगायतका आरोप सहित अख्तियारमा उजुरी परेको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio