कञ्चनपुर– जिल्लाको बेलडाँडी गाउँपालिका वडा न.१ मा भाेलि देखि छैटौं संस्करणकाे बेलडाँडी खुल्ला नकाउट फुटबल प्रतियोगिताको शुरू हुने भएकाे छ । खेल शुरू हुने भएपछि आयोजकले सम्पुर्ण तयारी पुरा गरी खेल तालिका सार्वजनिक भएको हो ।
आइतबार आज अल स्टार युवा क्लबले छैठौं संस्करणको खेल तालिका सार्वजनिक गर्दै खेलकाे सम्पुर्ण तयारी पूरा भएकाे क्लवका सचिव विकाश सिह महताले जानकारी दिनु भयाे ।
विगतका बर्षहरूझै गौरा पर्वको अवसर पारी आयोजना हुँदै आएको प्रतियोगिता लाई निरन्तरता दिदै प्रतियाेगिताकाे आयोजना गरिएकाे सचिव महताले बताए ।
उनले भने “नयाँ कार्यसमिति गठन पश्चात क्लबकाे सबैभन्दा बढि धनराशिको प्रतियोगिता आयोजना गर्ने निर्णय गरिए बमाेजिमनै खुल्ला फुटबल प्रतियाेगिता हुन लागेकाे बताए ।”
प्रतियाेगिताकाे विजेता टिमले नगद ७५ हजार ट्रफी प्रमाणपत्र र मेडल पुरूस्कारकाे व्यवस्था गरिएकाे छ । भने उपविजेता हुने टिमले नगद ४५ हजार ट्रफी प्रमाणपत्र र मेडलकाे व्यवस्था छ।
प्रतियोगितामा जम्मा २० टिम प्रतिस्पर्धा गर्ने छन् । खेलमा विभिन्न पालिकाबाट १८ टिमको सहभागिता रहेको आयोजकका सचिव महताले बताउनु भयाे ।