संस्कारले दिएको पिडा

८ पुष २०७७, बुधबार
संस्कारले दिएको पिडा

धनगढी,८ पुस ।

कुनै समय थियो , मँदी नाम गरेका एउटा राजा थिए । उसका तीस -तीस वटा जीउदा रानी आगोमा दाउरा जस्तै जलेको इतिहाँस साँछी छ । इतिहाँस बनि सकेको सत्ती प्रथा त्यस पछिको रुपान्तरित विधुवा प्रथा हो ।

सत्ती प्रथा त्यति दर्दनाक थिएन जति बिधुवा प्रथाले जीन्दगी भर पिडा दिएको छ । पिडा थियो त श्रीमानको मृत लास सँगै जिउदै जल्नको एकै पटकको साहसिक पिडा थियो ।

जिन्दगी भर श्रीमानको नामको सेतो पहिरन भिरेर तडपिनु पदैन्थ्यो । त्यति खेर श्रीमानको मृत्यु पश्चात श्रीमातिलाई भाङ खुवाएर लास संग मलामीको लस्करका साथ अर्ध चेतन बनाएर लगिन्थ्यो र चिहानमा लोग्नको लास संगै बाँधेर दाउराको मुडाहरुले थिचेर भाग्न दिइदैन्थ्यो ।

जिउदो शरीर पोलिदाको पिडाको चित्कार अरुले नसुनन भनेर बाजा गाजाहरु बजाएर ठुलो आवाज निकालिन्थ्यो । यसरी कैयौ नारीहरु श्रीमान संग स्वर्ग जाने अन्ध संस्कारका कारण सत्तीका देउता पति भनेर श्रीमानको मृत लास संग कैयौ शताब्दी सम्म जिउदै जलिरहे ।


आज भन्दा २२ सय बर्ष अघि चिनका बादशाह क्विन सिसुङको मृत्यु पछि पनि पृथ्वीमा भोगेको सुख स्वर्गमा पनि प्राप्त होस भन्ने अन्ध विश्वासका कारण उनकाे चिहान वरिपरि सुन चाँदी हिरा मोती तथा भोजन मात्र होइन उनका श्रीमतीहरू

र सेवा गर्ने सुसारेहरु नोकर चाकर र सेनाहरुलाई पनि गाडिएको छ । यो मृत्यु पछि पनि पृथ्वीमा भोगेको सुख नटुटोस र स्वर्गमा पनि प्राप्त होस भन्ने अन्ध विश्वासको प्रमाण हो ।


त्यसै बेलाको समाजमा महिलाहरु पनि क्रान्तिकारी थिए । समय परिवर्तन हुदै जाँदा महिलाहरुको बिचारमा पनि परिवर्तन हुदै आयो । एक दिन एउटा सहासी महिलाले सहास बटुलेर आप्नो श्रीमानको लास संग सत्ती जान्न ।

त्यहाँ आएका मलासी भद्र पुरुषहरु सबै ति महिला माथि खनिए र भन्न थाले थुक्क पापिनी पिछ त्यसलाईअर्ध चेतन बनाई जबर जस्ती सत्ती पठाइयो । अर्को महिला जसलाई पनि सत्ती प्रथा स्वीकार्य थिएन । उनी पनि म सत्ती जान्न भन्दै विद्रोह गरेर मलासीको लस्करबाट भागिन ।

उनलाई समाजबाट पानी नचल्ने गरी बहिष्कार गरियो । सत्ती प्रथाको अन्त त्यति खेरका नारीहरुको विद्रोहको परिणाम थियो र सत्ती प्रथाको अन्त भयो । त्यस पछि पनि श्रीमान संग स्वर्ग जान पाइन्छ भनेर केही धार्मिक कट्टर पन्थी महिलाहरु सत्ती गए ।


अन्त त सत्ती प्रथाको अन्त त भयो तर जुन जीवन भर तडपाउने गरी धार्मिक अन्धविश्वासका कारण सत्ती प्रथा विद्यवा प्रथामा रुपान्तरण भयो ।

श्रीमान मरे पछि जीवन भर श्रीमानको नाममा सेतो कपडा लगाएर बस्नु पर्ने , चुरापोते रातो कपडा र श्रीङगारको कल्पना गर्न नपाईने , माछा , मासु , अण्डा , प्याज , लसुन लगाएतका पौष्टिक खानेकुरा खान नहुने पुजा पाठ बिवाह ब्रतबन्ध जस्ता शुभ कार्यमा जान नहुने जस्त कुसंस्कारको बिकास भयो ।

त्यति मात्र होइन विधुवा महिलाले ऐना हेर्न नहुने बिधुवा बाटोमा पर्दा साइत बिग्रने , विधुवा महिला शुभकार्यमा गए अशुभ मानिने जस्ता थुप्रै कुरितीको सिकार बने एकल महिलाहरु । बोक्सी, अलछीना जस्ता अपशब्द र अव्यवहार सहन बाध्य भए ।

तर श्रीमानले श्रीमती मर्दा क्रिया गर्ने बेलामा अर्की श्रीमतीको कुरा चलाउने घरजम गर्न पाउने संस्कार हाम्रो समाजमा हाल पनि छ । कति सम्मको बिभेद महिला माथिको भेदभाव यति गहिराई सम्म पूग्यो ।

जसलाई हाल पनि महिलाहरु आपनो मन मष्तिष्कबाट निकाल्न सकिरहेका छैनन । नारी माथि लादिएका संस्कारहरु यति कुरुर छन यति भेद भाव पूर्ण छन । जसले नारीहरुलाई अवर्णननिय पिडा दिएको छ ।


हाल आएर विधुवा प्रथामा पनि केही परिवर्तनहरु भएका छन । विधुवालाई एकल महिलाका रुपमा शब्दमा परिवर्तन गरियो । कानुनमा पनि परिवर्तत भयो रातो पहिरन चुरापोते सबै लगाउन पाउने र आफु खुशी बिवाह गर्न र बाँच्न पाउने भए । तर यी कुराहरू

केही आधुनिक महिलामा मात्र सिमित छन । बाहुन र क्षेत्रीहरुमा अझै समाज र परिवार भीत्र एकल महिलालाई हेलाको दृष्टिले हेरिन्छ । संस्कारका नाममा महिलाहरुका हातमा लगाइएका हतकडी र खुट्टमा लगाइएका नेलहरु बहुतै मजबुत छन ।


आफुलाई नारीबादी भन्न रुचाउने नारी र नारीका पक्षमा आवाज उठाउने संघ संस्थाको ध्यान पनि शहरमा मात्र केन्द्रित छन ।


त्यसैले धर्मका नाममा रचिएका अन्ध संस्कारलाई जायज मान्नु हुदैन । धर्म संस्कृति रिति रिवाज मानव उत्थानका लागि हुनुपर्छ । मानवलाई पिडा दिनका लागि होइन ।

धर्मका नाममा रचिएका कुसंस्कारलाई अन्त गर्नका निम्ती महिलाहरु आफ्नै अग्रसर हुन जरुरी छ । महिलाका निम्ती बनेका बिभेदकारी संस्कारहरु मानिरहन आवश्यक छैन । त्यसले जुन निति नियम र संस्कारहरु पुरुषका निम्ती बनाईन्छ । त्यही नियम महिलाका निम्ती बनोस ।

समाप्त

Wedding Story advertisement Of Jems Movies & Photo Studio