गिद्ध अभियन्ता रानाको जिवन गाथा यस्तो छ ।

२५ भाद्र २०७७, बिहीबार
गिद्ध अभियन्ता रानाको जिवन गाथा यस्तो छ ।

भुवनेश्वरी राना / कञ्चनपुर,२६ भादाै ।

नेपालबाटै लोप हुनलागेको गिद्घ संरक्षणमा एक दसक भन्दा बढी समय देखि संरक्षणमा खटिएका कञ्चनपुर बेलडाँडी वडा नं. २ ढकनिया गाउका डुट्ठा राना । उनले आप्नो जिवन गाथा यस्तो सुनाए । एक दिन म यस्तै बसि रहेको बेला मेरो एक जना साथी ईश्वर राज पन्तको फोन आयो वहाँले फोनमा मलाइ भन्नुभयो तपाई कुनै ठाउमा तालिम लिन जान्छौ भनेर सोधनु भयो म पनि त्यति बेला खालि बसेको थिए कहाँ जानु पर्ने कहिले जानु पर्ने केहि नसोधी हुन्छ भनिदिए ।

भोलिपल्ट बुटवल तालिम लिन काठमन्डौको बसमा जानु पर्छ भने पछि म यहाँ वाट एक्लै गए । म बिहान बुटवल पुगे पछि फोन गरे तर फोनमा सम्पर्क हुन सकेन अब के गरने भनेर त्यही ठाउमा बसी रहे । एक छिन पछि एक जना आपरिचित मान्छे त्यही होटलमा अयो मैले ऊ संग सोधे यहाँ निर पंक्षि संरक्षणको लागि तालिम छ रे म त्यही तालिममा कञ्चनपुरबाट आएको हु भने पछि उसले नि भन्यो म पनि सोहि तालिमा आएको हो भने पछि बल्ल एक जना साथि भेटाए पछि अलि राम्रो लाग्यो हामी दुबै जना तालिम हुने ठाउमा गयौ ।

म त्यहाँबाट तालिम लिइ सके पछि संन २००८ देखि निरन्तर गिद्ध संरक्षण गर्नु पर्छ भन्ने अभियानमा लागेका हु । सानो उमेरमा गुलेली खेल्ने म सन २००७ मा चराचुरगी सम्बन्धी तालिम लिसके पछि मेरो जिवन व्यावहारमा ठुलो परिवर्तत आएको थियो ।

त्यति बेला चरा संरक्षणम लागेको एक संस्थाले उनलाई तालिम दिए पछि आप्नो जिवनमा मार्ने भन्दा संरक्षण गर्नु पर्ने भावन पलाएको बताए ।
नेपालमा गिद्घ ९५ प्रतिशतले लोप भइसके पछि आफुले कसरी गिद्घ लोप हुनथाले भन्ने विषयमा आफुले अनुसन्धान गर्दा पशुलाई दुखाइ कम गर्न डाक्लाकेनक नामक औषधि खुवाइने हुनाले पशु मरेर जाँदा त्यसमा रहेको केहि कर्णहरुको असर पछि सम्मा रहने हुनाले पछि गिधले खाँदा मर्ने या नपुसक हुने हुदा गिद्घ लोप भएको बताए राना ।

पछि चहि एगोभेटहरुमा छपा हान्दा सबैले डाइफिसक औषधी भेटिए पछि रानाको पहलमा त्यो औषधी फिर्ता लिन त्यसको ठाउमा अर्को काम गर्ने औषधि मेलोसिक्याम भन्ने औषधी वितरण गरि डाक्लोकेनेक औषधी नेपालमा बेण्ड गर्न लगाएको थियो ।
नेपालमा गिद्धकाे संख्या ५सय देखि ५हजार रहेको र अहिले हेर्दा १० हजार भन्दा बढी रहेको र कञ्चनपुरमा मात्र ५०० भन्दा बढी रहेको वहाँले बताउनु भयो । विश्वमा गिद्ध का नौ प्रजातिहरु रहेको र नेपालमा ति सबै प्रजातिका गिद्ध हरु रहेको बताए राना । उनले भने कैलाली र कञ्चनपुरमा मात्र ६ प्रजातिका गिद्ध हरु रहेको बताए ।
गिद्घ का कारण जलबायुमा समेत सकारात्मक परिवर्तन भई दुषित बातावारण हटेर जानुका साथै हैजा जस्ता रोग गिधले पाचन गर्नसक्ने हुदा हैजा फैलनबाट समेत रोकछ रानाले बताए ।

गिद्ध तथा पशुपंक्षी संरक्षणमा काम गर्ने संस्थाहरुमा विसिएन , हिमाली नेचर, जेडएसएन नामक संस्थाले काम गरे पनि यसरी निस्वार्थ भावनाका साथ संरक्षणमा लागेको रानालाई संरक्षणका बेला प्रयोग गरिने इक्युमेन्ट समेत उपलब्ध गराउन सकेका छैन्न ।

बरु संस्थाहरुले बहाँले गरेको कामको जस आफुले लिने गरेको बताए । यसमा स्थानीय सरकारको समेत ध्यान जान जरुरी रहेको छ । राना भन्छन , यत्रो बर्ष निस्वार्थ काम गरे कसैले समेत संरक्षणका बेला प्रयोग गरिने उपकरण जस्तौ क्यामरा,बाइनाकुलर , झोला , स्टीक, जुत्ता ड्रेस जस्ता उपकरणहरु उपलब्ध गराउन सकेका छैन । भत्ता ,यातायात त कहाँ हो कहाँ भने । यसरी स्वस्फुर्त संरक्षणमा खटिएकाहरुलाई सरकारले पनि वहाँहरुलाई हेर्नुपर्ने हुन्छ ।

भिडियाे हेर्नका लागि तल क्लिक गर्नुहाेला ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio