कैलाली । धनगढी उपमहानगर पालिका वडा नम्बर ७ देवहरीया स्थित दाइजो कृषि सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा तथा ५औं अधिवेशन सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष मानबहादुर रानाको सभापतित्वमा भएको थियो भने कार्यक्रमको प्रमुखअतिथि भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री बीर बहादुर थापारहनु गर्नु भएको थियो। वहाँले कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भने,कृषि सहकारी संघ संस्थाहरूले कृषकहरूलाइ प्रोत्साहन गर्न सक्ने किसिमका कार्यक्रम ल्याउनका लागि जोड दिनुपर्ने बताए । कृषि सहकारी प्रत्यक्ष गाउँघरका कृषकहरू संग जोडिएकोले कृषकहरूलाई प्रोत्साहन गर्न सक्ने सहुलियत दरमा ऋण लगानी, अनुदान लगायतका कार्यक्रम ल्याउन जोड दिनुपर्ने । प्रदेश सरकारले कृषकहरूलाई सहुलियत व्याजमा अनुदान दिने कार्यक्रम ल्याइरहेको जानकारी दिदै यसकोलागि सहकारीका सञ्चालक समितिका पदाधिकारी इमन्दार भएर सहकारी संस्थालाई अगाडि बढाउनु पर्ने र सहकारीका सेयर सदस्यहरूले पनि सहकारीको गतिविधीबारे जानकार हुनुपर्ने बताए ।

कार्यक्रममा वडा नं.७ का वडा अध्यक्ष मोति रानाले दाइजो कृषि सहकारी संस्था कृषकहरूलाई सहुलियत दरमा ऋण लगानी मात्र नभएर बैकमा पहुच नभएका कृषकहरूका लागि गाउघरको वैकको रूपमा स्थापित भएको छ । यसले छोटो समयमा धेरै प्रगति गरेको बताउदै यसले कृषकहरूलाई आत्मनिर्भर बनाउनुका साथै यसले वैकमा बचत गर्न पनि सिकाएकोछ बताउनु भयो ।

कृषि ज्ञान केन्द्रका निमित अधिकृत टेक बहादुर विष्ट सहकारी मार्फत कृषकहरूलाई मल,विउ विजन लगायत यन्त्र उपकरण अनुदान सहयोग गर्दै आइरहेको छ अाउने दिनमा पनि यस्ता कार्यक्रम संचालन गर्ने बताउनु भयो ।
कार्यक्रममा आव वर्ष २०८१÷०८२सालको आर्थिक प्रतिवेदन नन्दगोपाल रानाले प्रस्तुत गर्नु भएको थियो । वहाँले १४औँ वार्षिकोत्सब मनाउदै गर्दा यस सहकारीमा महिला २४८ र पुरूष ४०१ गरी जम्मा ६४९ जना शेयर सदस्य रहेको जानकारी दिनुभयो र सहकारीको शेयरपुजी ६४ लाख ७०हजार रहेको जानकारी दिनुभयो । यसैगरी निक्षेप बचत ६ करोड १४लाख ५४ हजार ८४७ रूपिया रहेको र ४ करोड६४ लाख ४६ हजार २५३ रुपिया बराबर ऋण लगानी रहेको जानकारी दिनुभयो ।

यसैगरी संस्थाका व्यवस्थापक बासुदेव रानाले आर्थिक वर्ष २०८२÷०८३ को अनुमानित आयव्यय प्रस्तुत गर्नुभएको थियो । उहाँले सकारीको गतबर्षको कुल दायित्व सात करोड ८८ लाख ७२ हजार ८८१ रुपिया र यस बर्षको लक्ष्य आठ करोड ७३ लाख ६१ हजार ८६० रुपिया रहेको बताउनु भयो। यसैगरी गत बर्षमा ऋण असुली,कृषि व्यापार र संस्थागत अनुदान गरी ६८ लाख ९४ हजार रुपिया आम्दानी रहेको र यस बर्षको लक्ष्य ९१ लाख ५८ हजार ५८० रुपिया रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा कानुनि सल्लहकारी कृषण प्रसाद सुवेदि,शिक्षासमिति संयोजक मनराज यादव,दिर्घराज जाशि,सल्लाकार नन्दलाल रानालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागतमन्तव्य पुर्व अध्यक्ष चन्द्रकिरण रानाले गर्नु भएको थियो भने कार्यक्रम संचालन सचिव दिपक राज जोशीले गर्नु भएकाे थियो ।

यसै गरी सहकारी संस्थाको नयाँ कार्यसमिति चयन भएकोछ नयाँ कार्यसमितिको अध्यक्षमा कालीराम राना, उपाध्यक्षमा मनिषा राना, सचिवमा दिपकराज जोशी, सदस्यमा शिवराज राना, श्याम राना, बिट्टोदेवी राना,लालमति राना, रामऔतार राना, भागीराम राना, श्यारोन राना र प्रेम बहादुर डगैरा रहेका छन भने लेखा संयोजन नन्दगोपाल राना, सदस्यमा भगिरथ राना र निर्मला चाैधरी राना रहनु भएको छ ।







