सदस्यको निधनपछि जनउत्थान सामुदायिक लघुबित्तद्वारा बीमाबापतको रकम हस्तान्तरण

November 10, 2025
सदस्यको निधनपछि जनउत्थान सामुदायिक लघुबित्तद्वारा बीमाबापतको रकम हस्तान्तरण

कैलाली :- जनउत्थान सामुदायिक लघुबित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यको निधनपछि बीमा सुविधामार्फत कर्जा मिनाहा गर्दै पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ।

जानकी गाउँपालिका–०३ निवासी बसन्ति चौधरीलाई संस्थाले सिटिजन लाइफ इन्सुरेन्समार्फत बीमाबापत रु. ३,००,००० (तीन लाख रुपैया) तथा काजक्रिया खर्चका लागि अतिरिक्त रु. १०,००० हस्तान्तरण गरेको हो।

उनीका श्रीमान् स्व. रामबहादुर थारुको २०८२ साल असोज २१ गते असामयिक निधन भएको थियो। त्यसलगत्तै संस्थाको इलाका कार्यालय कोटातुल्सिपुरका अधिकृत मधु कुवर र शाखाका कर्मचारीहरू मृतकको घरमै पुगेर श्रद्धाञ्जली अर्पण गर्दै बीमाबापतको रकम परिवारलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बैंकिङ समुदायका प्रतिनिधि, स्थानीयवासी तथा कर्मचारीसहित करिब १७ जना सहभागी भएका थिए। कार्यक्रममा दुर्गौली शाखाका शाखा सञ्चालक अधिकृत बिनोद सिंह भाटले सञ्चालन गरेका थिए।

सो अवसरमा संस्थाका प्रतिनिधिहरूले जनउत्थान सामुदायिक लघुबित्तले बचत र कर्जा कारोबारसँगै सीप विकास तालिम, ग्राहक संरक्षण कोषमार्फत सुविधा, सामाजिक उत्तरदायित्व कार्यक्रम तथा आकस्मिक जोखिम व्यवस्थापनका गतिविधि निरन्तर सञ्चालन गर्दै आएको जानकारी दिएका थिए।

उनीहरूले जनउत्थान लघुबित्तबाट कर्जा लिने प्रत्येक सदस्यको जीवन बीमा अनिवार्य गरिएको जनाउँदै, सदस्यको असामयिक निधन हुँदा परिवारलाई आर्थिक बोझ नपरोस् भन्ने उद्देश्यले यस्तो सुविधा प्रदान गरिएको बताए।

जनउत्थान सामुदायिक लघुबित्त वित्तीय संस्था लिमिटेडको केन्द्रिय कार्यालय बुटवलमा रहेको छ र यसले हाल १९ जिल्लामा ३९ शाखामार्फत वित्तीय सेवा सञ्चालन गरिरहेको छ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio