लालझाडी – श्री राष्ट्रिय आधारभूत बहुभाषिक विद्यालयमा नयाँ अध्यक्ष जीत बहादुर राना चयन

November 8, 2025
लालझाडी – श्री राष्ट्रिय आधारभूत बहुभाषिक विद्यालयमा नयाँ अध्यक्ष जीत बहादुर राना चयन

 कञ्चनपुर को लालझाडी गाउँपालिका वडा नं ५ स्थित श्री राष्ट्रिय आधारभूत बहुभाषिक विद्यालय व्यवस्थापन समितिको नयाँ अध्यक्षमा युवा समाजसेवी जित बहादुर राना सर्वसम्मत रूपमा चयन हुनुभएको छ। विद्यालयमा हालै सम्पन्न भएको व्यवस्थापन समिति बैठकले रानालाई आगामी कार्यकालका लागि अध्यक्ष पदमा चयन गरेको हो।

राना विगत लामो समयदेखि समुदाय तथा शैक्षिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। उहाँले विद्यालयको गुणस्तर सुधार, विद्यार्थीको शैक्षिक स्तर उकास्न, र स्थानीय समुदायसँग सहकार्य गर्दै विद्यालयलाई आदर्श शिक्षण संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

अध्यक्षमा चयन भएलगत्तै उहाँले विद्यालय प्रशासन, शिक्षक, अभिभावक तथा सम्पूर्ण समुदायको साथ र सहयोग बिना विद्यालयको समग्र विकास सम्भव नहुने बताउँदै सबैलाई सहकार्यका लागि आह्वान गर्नुभयो।

विद्यालय परिवारका तर्फबाट नव–निर्वाचित अध्यक्ष श्री जितबहादुर रानालाई हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको छ। विद्यालयका प्रधानाध्यापक, शिक्षकहरू, अभिभावक प्रतिनिधिहरू र स्थानीय समुदायका अगुवाहरूले समेत रानाको नेतृत्वमा विद्यालयले अझ राम्रो प्रगति गर्ने विश्वास व्यक्त गरेका छन्।

Wedding Story advertisement Of Jems Movies & Photo Studio