धनगढी,१७ फागुन २०७६ ।
को हुन रानाथारु ?
यसको आवस्था के हो ?
धनगढीमा आयोजना भईरहेको विश्व नेपाली सहित्य महोत्सबमा “ आफनै इतिहाँस आफनै परम्परा ” भन्ने विषय बस्तुमा थारुका बिद्धिजीवि बिचको छलफल सहभागि महेश चौधरी , जीवन राना र लक्कि चौधरी भएक थिए । छलफल जनता टेलीभिजनका सम्पादक लखन चौधरीले गराएका थिए ।
रानाथरु समाज कि पुर्व केन्द्रिय अध्यक्ष जिवन रानाथारु बहाँले भन्नु भयो थारुहरुको इतिहास अनुसन्धान भएको होला तर हाम्रो रानाथारुहरुको इतिहाँस गर्वमै रहयाे कसैले पनि यसको बारेमा राम्रोसंग अनुसन्धान नगरी आपनो मनोमानी लेखने गरेको बताइन । वहाँले भनि कुनै संस्कारमै नभएको कुरालाई जोडेर रानाथारुका महिलाले आपनो श्रीमानलाई खाना दिँदा खुट्टाले दिनेचलन सरासर गलत हो भनिन ।
अर्को कुरा मैले के पाए भने अनुसन्धान कर्ताले आफ्नो पुस्तकमा यो पनि लेख्ने गरेका छन कि रानाथारु छोरीलाई बेहेमा बिदाइ गर्दा बिस दिने चलन छ लेखिएको मैले पाए भनिन । छोरीबेटी हरुलाई बिदाइ गर्दा पानी दिने चलन रहेको किन भन्दा विदाइ गर्दा छोरीबेटी रुनेबेलामा घाँटी सुक्ने भएकोले पानी खुवाएर बिदागर्ने चलन रहिआएको छ । त्यसैले म यहाँ उपस्थित सबै अनुसन्धानकर्ताहरु संग अनुरोध गरे यी कुराहरु बुझिदिनु होला भनिन राना ।
रामानन्द प्रताप सिहले लेखेको किताबमा द रयिल स्टोरी अफ द फारबेस्टमा थारु बुद्ध भगवानको सन्तान हुन भन्ने कुरा लेखिएको छ । केशवमान शक्यले आफनो किताबमा थारुहरु २५०० बर्ष पहिले देखि बस्दै अएको लेखिएको छ भने गुणाकर शर्मा लगायतले रानाथारु हरु परापुर्वकाल देखि यस ठाउँमा बस्दै आएको करा लेखिको बताइन राना ।
थारुहरुको बारे गोपाल दहित लगायतले लेखेका छन भने पुर्व अनुसन्धान कर्ताहरुले रानाथारुको बारेमा लेखेको कुरा सबै ठिक हुन भन्ने कुरामा म मन्नतयार छैन भनिन रानाले । किन भन्दा रानाथारुहरुलाई महाराणा प्रतापका सन्तान या राजपुत संग जोडिएर लेखिएका छन ।
रानाथारुमा सुचिकरणको माग कसरी आयो ?
इतिहासमा रानाथारुको बारेमा अहिले सम्म कुनै कुरालेखिएको छैन र म राजिस्तानमा गएर अध्ययन गर्न जाँदा रानाथारुको संस्कृति संग मेल खाने त्यहाँको संस्कृतिमा मैले पाइन भनिन ।
२०५७ सालमा जब नेपालमा रानाथारु समाज गठन गरी चौधरी थारुबाट अलग हुनु पर्छ भनेर संस्था दार्ता गराएका हौ । यो किन भयो भने सवालमा सब भन्दा पहिलाे थारुहरुको जाति संस्था थारुकल्यणकारणी सभामा रानाथारुको प्रतिनिधित्व गराएन , दोस्रो कुरा रानाथारु र चौधरी थारुको मुख्य फरक कुराहरु भन्छामा प्रयोग हुने समान , बिहेबारीमा प्रयोग हुने समान , कृषि औजार देखि बोलीभाषा संस्कार संस्कृति कुनै कुरामा मेलखाँदैन त्यसैले रानाथरु अलगै सुचिकरण गराउना खोजेको हो र नेपाल सरकार ले २०६५ सालमा जातिसुचिकरणका लागि सुचिपरिमाजनको लागि कार्यदल गठन गरेको उक्त कार्यदलमा सधारण तय १० वटा नम्सहरु रहेका थिए । अन्य जातिहरु संगको फरक बोलीभाषा, संस्कृति , चालचलन , भेषभुसा , रहनसहन , भुगोल, खानपान, आदि । उक्त आयोगको अध्यक्ष डा. ओम गुरुङ्गको संयोजक्तोमा १२ जनाको टीम कैलाली , कंचनपुर , भारतको उतरप्रदेश र उतराखण्डमा समेत गएर स्थलगत अनुसन्धान गरेर नेपाल सरकारलाई प्रतिबेदन बुझाएका छन सोहि प्रतिबेदनलाई अधार बनाएर नै रानाथारुले अलगै सुचिकरण माग गरेको बताइ ।
पहिचान अलग पाउनु नराम्रो होइन तर पनि म थारु समुदायलाई के भन्न चाहन्छु कि हामी थारुहरु बाट अलग छैनौ । रानाथारु यसमा कुनै बिवाद मानेको छैन भनिन राना ।
रानाथारु हरुले आफुलाई थारुवा मान्दथे थारुवा भनेको तराइमा बसोबास गर्ने एक जाती हो भन्ने बुझिन्छ तर चौधरी थारुमा थारुवा भन्ने शब्द श्रीमतीले आफनो श्रीमान हो भन्ने अर्थ लाग्छ । थारुवा भन्ने शब्द को इतिहाँसमा एक मत भने छैन ।