बाेलीका पक्का अ‌ाेली,छाेडेनन् गोकुलप्रसाद बाँस्कोटा

८ फाल्गुन २०७६, बिहीबार
बाेलीका पक्का अ‌ाेली,छाेडेनन् गोकुलप्रसाद बाँस्कोटा

काठमाडौं ,८फागुन २०७६।

केपी शर्मा ओली सरकारका सबैभन्दा चर्चित्, सबैभन्दा विवादास्पद, सबैभन्दा आलोचित र सबैभन्दा प्रसंशित मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् । 

सरकारको बचाउमा सबैभन्दा प्रखर रुपमा बोल्ने उनै थिए । प्रधानमन्त्री केपी शर्मा ओलीसँग व्यक्तिगत रुपमा सबैभन्दा नजिक पनि बाँस्कोटा नै थिए । प्रधानमन्त्री ओलीसँग बाँस्कोटा कतिसम्म नजिक थिए भने ओलीको भक्तपुर स्थित घरमै बसिरहेका छन् । 

तर, उनै ओलीले बाँस्कोटासँग निर्मम तरिकाले राजीनामा मागे । धेरैलाई लागेको थियो– बाँस्कोटालाई चोख्याउन र जोगाउन प्रधानमन्त्रीले प्रयास गर्नेछन् । तर, प्रधानमन्त्री ओलीले वचन पूरा गरे । उनले गल्ती गर्ने आफ्नालाई पनि छाड्दिन भनेर बारम्बार भनिरहेका छन् । आफ्ना सबैभन्दा नजिकका मन्त्रीलाई राजीनामा दिन लगाएर ओलीले बोली पक्का गरेका छन् । 

प्रधानमन्त्री अ‌ाेलीले गाेकुललाई बचाउन कुनै कसर बाँकी राख्दैनन् भन्ने नेपाली कांग्रेसकाे विष्लेशण थियाे । तर, कांग्रेस गलत सावित भयाे । प्रधानमन्त्रीले अ‌ाेलीले अ‌ाफ्नाे सरकारकाे निष्ठा र नैतिकतामा कुनै दाग लाग्न दिन्न भनी बारम्बार गरेकाे सार्वजनिक प्रतिवद्धताबाट पछाडि हटेनन् । उनले गाेकुललाई राजीनामा गराए ।

गत साता बाँस्कोटाको गृहजिल्ला पुगेर प्रधानमन्त्री ओलीले अरु सबै मन्त्री एकातिर, गोकुल बाँस्कोटा अर्कातिर गर्दा पनि गोकुल नै भारी हुने बताएका थिए । तर, अडियो प्रकरण आउनासाथ प्रधानमन्त्री ओली गोकुलसँग बट्टारिए । 

यो प्रकरण आएपछि प्रधानमन्त्री ओलीले सल्लाह गर्न पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो निवास बालुवाटारमा बोलाएका थिए । त्यहाँ प्रधानमन्त्री ओलीले गोकुललाई राजीनामा गराउने भनेका थिए । लगत्तै प्रधानमन्त्रीले गाेकुललाई राजीनामा दिन खबर पठाए । त्यसबेला गाेकुल पश्चिम नेपालबाट राजधानी फर्क‌ंदै थिए ।

स्रोत अनुसार बालुवाटार पुग्नासाथ गोकुलले ‘मलाई नराम्रोसँग बदनाम बनाउन खोज्दैछन्’ भनेका थिए । जवाफमा प्रधानमन्त्रीले ‘गल्ती गर्नुभएको छैन भने तपाईंलाई कसैले बदनाम गराउन खोजेर केही पनि हुँदैन, अहिले चाहिँ राजीनामा दिनुस्’ भनेका थिए । 

त्यसपछि गोकुलले नाईंनास्ती नगरी राजीनामा दिएका थिए । 

यो प्रकरणबाट मन्त्रिमण्डलभित्र प्रधानमन्त्रीले आफ्ना एक विश्वासपात्र गुमाएका छन् तर प्रधानमन्त्री ओली तथा उनको सरकारको छवी भने झन माथि गएको छ । प्रधानमन्त्री लर्बराएका भए यो दुई वर्षमा सरकारले कमाएको साख र छवी ओरालो लाग्ने थियो । तर, प्रधानमन्त्री ओलीले मोलाहिजा गरेनन् । उनले गोकुलको बली चढाएर आफ्नो भ्रष्टाचार विरोधी, इमानी तथा नैतिकवान छवी जोगाएका छन् । 

यद्यपी, गोकुल बाँस्कोटालाई लागेको आरोपको वास्तविकता भने उजागर हुन बाँकी नै छ । उनले सार्वजनिक रुपमा सफाई दिन पनि बाँकी नै छ । राजनीति गर्ने मानिसलाई, मन्त्री पदमा बसेका मानिसलाई यस्ता आरोप लाग्नु स्वाभाविक हो र आरोप असत्य रहेछ भने गोकुलले राजनीतिमा झन् ठूलो उचाई बनाउन सक्छन् । तर, अहिले नैतिकताका आधारमा राजीनामा दिएर गोकुल आफैंले पनि जितेका छन्, हारेका छैनन् । 

यो प्रकरणबाट के प्रष्ट भएको छ भने वर्तमान सरकारका पालामा भ्रष्टाचार र नैतिकताको मामिलामा कसैले छुट पाउन सक्दैन । आफ्ना यति निकट मन्त्रीलाई त प्रधानमन्त्री ओलीले छाडेनन् भने अरुलाई झन् छाड्दैनन् भन्ने प्रष्ट भएको छ । 

Wedding Story advertisement Of Jems Movies & Photo Studio