धनगढी ७ को वडा कार्यालयले होरीको शुभकामना आदनप्रदान कार्यक्रम

धनगढी ७ को वडा कार्यालयले होरीको शुभकामना आदनप्रदान कार्यक्रम

धनगढी,१३ चैत ।
धनगढी उपमहानगर पालिका वडा नं. ७ ले होरीको शुभकामना आदनप्रदान कार्यक्रम गरी मनायो ।

होरी पर्वको उपलक्ष्यमा वडा नं. ७ ले वडा नं. ७ भित्रका स्वयसेवीका , भलमन्सा,विद्यालयका प्रधानाध्यापक , समाजसेवीहरुलाई खादाओढाएर सम्मान गरेको हो ।

“कोभिड १९ को वेला आ आप्नो ठाउँबाट वडा बासीहरुलाई राहत देखि कार्यमा सहयोग गरी खटनुभएको थियो । वहाँहरुले आप्नो ज्यानको प्रवहा नगरी कोरोनाभाइरसको बिरुद्घ लाग्नुभएको हो हामी वडा जनप्रतिनिधिहरुले यी समाज सेवीहरुलाई सम्मान नादिएर रहन सकेनौ भन्नुभयो वडा अध्यक्ष सिताराम रानाले ।,

वहाँले भन्नु भयो यो होली पर्व रंगीन पर्व हो यसमा धेरै कुराको ख्याल गर्नु पर्ने पर्छ त्यसमा यो कोभिडको कारणले पनि यो पर्व विशेष गरी सावधानीका साथ मनाउन सल्लहा दिनुभएको हो ।”

कार्यक्रमका प्रमुख अतिथी सरस्वती माध्यमिक विद्यालयका प्र.अ. ज्ञानेन्द्र बहादुर शाहा रहनु भएको थियो भने विशिष्ट अतिथीमा वेली स्वास्थ्य केन्द्रका डाक्टर सिद्घराज अर्चाय रहनु भएको थियो ।

त्यसैगरी शिव आधारभुत विद्यालयका प्र.अ. नन्दलाल राना, जनजागृति आधारभुत विद्यालयकी प्र.अ. शान्ति चौधरी लगायत भलमन्सा र वडा भरीका स्वामसेवीकाहरुको उपस्थित रहेको थियो । कार्यक्रमको स्वागत मनतव्य वडा सदस्य यमुना भट्ट जोशीले गर्नु भएको थियो ।

सेयर कर दियो ।

विज्ञापन