लालझाडीमा विबिध सांस्कृतिक सहित १११औ अन्तराष्ट्रिय नारी दिवस

२४ फाल्गुन २०७७, सोमबार
लालझाडीमा विबिध सांस्कृतिक सहित १११औ अन्तराष्ट्रिय नारी दिवस

लालझाडि, २४ फागुन ।
कञ्चनपुरको लालझाडीमा विविध साँस्कृतिक कार्यक्रम सहित १११औ अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ । कार्यक्रममा विभिन्न महिला समुहको नृत्य, रानाथारुको होरी नाँच र बैजनाथ बहुमुखि आधारभुत विद्यालयको सडक नाँच , सामुहिक नृत्य र कराते डेमो प्रदर्शन गरिएको थियो । कार्यक्रममा विभिन्न महिला उद्दमी र वैजनाथ बहुभाषिक आधारभुत विद्यालय सम्मानित भएका थिए । लालझाडी गाउपालिकाकी उपाध्यक्ष सत्यदेवी महराको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका उपसभामुख निर्मला वडाल जोशी रहनुभएको थियो । कार्यक्रममा बोल्दै उपसभामुख वडाल जोशीले महिलाहरु चुलो चौका देखि बाहिर आउनु पर्ने र आप्नो अधिकारको लागि आवाज उठाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष मदन सेन बडायकले देशमा भएको विभिन्न आन्दोलनमा महिलाहरुको महत्वपुर्ण भुमिका रहेकोले आजको महत्वपुर्ण उपलब्धि हाँसिल भएको र अझ थप अधिकार र समानसहभागिताको लागि महिलाले आ आप्नो ठाउँबाट चनाखो हुनु पर्ने बताउनु भयो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio