भलमान्सा तथा धार्मिक अगुवा संग कानुनी ब्यबस्थाबारे अन्तरक्रिया

भलमान्सा तथा धार्मिक अगुवा संग कानुनी ब्यबस्थाबारे अन्तरक्रिया


धनगढी, १७ फागुन
धनगढी उप–महानगरपालिका, न्यायीक समितिले सोमबार नगरका भलमान्सा तथा धार्मिक अगुवाहरु संग प्रचलित कानुनी ब्यबस्थाका बारेमा अन्तरक्रिया सम्पन्न गरेको छ ।
न्यायीक समितिलाई सम्पादन गर्नमा सहयोग पुगोस भनेर भलमान्सा तथा धार्मिक अगुवाहरु संग अन्तरक्रिया गरिएको हो । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख तथा न्यायीक समितिका संयोजक सुशीला मिश्र भट्टले अहिले पनि समाजमा भलमान्सा तथा धार्मिक अगुवाहरु प्रतिको विश्वास रहेको बताईन । भलमान्सा तथा धार्मिक अगुवाहरुले प्रचलित कानुनका बारेमा जानकारी गराउन सकेमा समाजमा हुने सानातिना बिवाद र झै झगडाहरुको उनिहरुले नै कानुनी बाटोबाट समाधान गर्न सक्दछन् उप–प्रमुख भट्टले भनिन्, ‘त्यसैले वहाँहरु संग अन्तरक्रिया राखेका हौं ।’उप–प्रमुख भट्टले सामाजिक कानुनमा टेकेर सामाजिक अगुवाहरुबाट खोजिने समाधानका कारण कतिपय बिवाद र प्रचलित कानुनी प्रावधानमा टेकेर सम्पादन गर्न खोज्दा समस्या हुने गरेको हुने गरेको बताईन् । उनले भनिन्, ‘ यो अन्तरक्रियाले आगामी दिनमा न्याय सम्पादनमा सजिलो बनाउने छ ।
कार्यक्रममा बोल्दै धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरीबहादुर चन्दले संविधानले नै स्थानीय सरकारलाई न्यायीक अधिकार दिएको बताए । उनले भने, समाजमा हुने बिवाद समाधानका लागि न्यायीक समितिले भलमान्सा तथा धार्मिक अगुवाहरु संग राम्रो अन्तरक्रिया गरेको छ ।
कार्यक्रममा धनगढी उप–महानगरपालिकाका कानुनी सल्लाहकार भरतबहादुर सिंहले सहजीकरण गरेका थिए ।

सेयर कर दियो ।

विज्ञापन