भागरथी भट्टको हत्यारालाई कडा कारवाही र आम नागरिकको बाँच्न पाउने अधिकारको ग्यारेण्टी गर्न माग

२६ माघ २०७७, सोमबार
भागरथी भट्टको हत्यारालाई कडा कारवाही र आम नागरिकको बाँच्न पाउने अधिकारको ग्यारेण्टी गर्न माग

बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी भागरथी भट्टको हत्याको घटना प्रति सुदूरपश्चिमका विभिन्न संघसंस्था,नागरिक समाज एंव सरोकारवालाहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छन् ।

उक्त घटनाले अत्यन्तै मर्माहित बनाएको भन्दै गहन अध्ययन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र कानुन अनुसार कडा कार्बाही गर्न तथा आम नागरिकको बाँच्न पाउने अधिकारको ग्यारेण्टी गर्न सरकारसंग जोडदार माग गरेका छन् ईन्सेकका प्रदेश संयोजक खडकराज जोशी,गैरसरकारी संस्थामहासंघका केन्द्रीय सचिव धर्मराज पाठक,नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष अर्जुन शाह,

मानवअधिकार संरक्षण मंचका प्रदेश अध्यक्ष डिल्लीराज जोशी,एडजसका चित्रा पनेरु,दलित महिला अधिकार मंचका अध्यक्ष सावित्रा घिमिरे,उपभोक्ता हित संरक्षण मंचका केन्द्रीय उपाध्यक्ष धनपति ढुगेल,शिक्षाअधिकार अनुगमन समुह,सुदुर पश्चिम प्रदेश समिति संयोजक शेर वहादुर बस्नेत,फाया नेपालका अध्यक्ष लोकराज भट्ट,

अधिवक्ता हिमालय विक्रम विष्ट,सामाजिक विकास तथा जागरण मंच नेपालका अध्यक्ष राजेन्द्र रैकाले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दे २०७७ माघ २१ गतेविहान घरबाट साथीहरुसंग विद्यालय गएकी भागीरथी भट्टसाँझसम्म पनि घर नपुगेपछी खोजीखबर गर्दा माघ २२ गते अपरान्ह ४ बजेतिर निजको घर र बिद्यालयको बिचमा पर्ने स्थानीय लवलेक सामुदायिकवनको बनमारा झाडीमा सोहि बिद्यालयका विद्यार्थीहरुले मृतअवस्थामा भेटेको तथा मृतक किशोरीको शरिरका संबेदनसिल अंगहरुमा घाउ चोट सहित शरिर अर्धनग्न अवस्थामा रहेको प्रारम्भीक जानकारीहरु प्राप्त भएको उल्लेख गरेका छन् ।

प्रहरी र अस्पतालको प्रारम्भीक अनुसन्धानबाट निज किशोरीको बलत्कार पछी हत्या भएको हुनसक्ने बिबरण सार्बजनीक भएका छन ।बिद्यालयमा अध्ययन गर्नगएकी एउटी किशोरीकोे बिभत्स हत्याहुनुले नागरिकको बाँच्न पाउने अधिकार गुमेको छ । स्थानिय प्रहरी प्रशासनले घटनाको अनुसन्धान तिब्र गतिमा भैरहेको भनियता पनि आज छैठौं दिन सम्म अपराधीलाई कानुनी दायरामा ल्याउन सकेको छैन तसर्थ घटनाको गहन अध्ययन गरि दोषीलाई कानुनी दायरामा ल्याउन र कानुन अनुसार कडा कार्बाही गर्न तथा आम नागरिकको बाँच्न पाउने अधिकारको ग्यारेण्टी गर्न सरकारसंग जोडदार माग गर्दछौ विज्ञप्तीमा भनिएको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio