दोदा साना किसान कृषि सहकारी संस्था लि.को चौथो बार्षिक सधारण सभा सम्पन

दोदा साना किसान कृषि सहकारी संस्था लि.को चौथो बार्षिक सधारण सभा सम्पन

नरेश राना / लालझाडी,२६ पुस ।

दोदा साना किसान कृषि सहकारी संस्था लि.को चौथो बार्षिक सधारण सभा सम्पन ।
कञ्चनपुरको लालझाडी ३ बल्मी मा सनिबारका दिन एक कार्यक्रमको बिच दोदा साना किसान कृषि सहकारी संस्था लि.को चौथो बार्षिक सधारण सभा सम्पन्न भएको छ । कार्यक्रमका सभापति संस्थाकी अध्यक्ष गामती रानाको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी प्रदेश सचेतक तारा लामा तामाङ रहनु भएको थियो । भने बिशिष्ट अतिथि ने.क.पा . गाउँकमिटी अध्यक्ष ओम प्रकाश राना रहनु भएको थियो । कार्यक्रमको स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष गंगा देवी खत्रीले गर्नु भएको थियो ।
कार्यक्रमको आयव्याय संस्थाका प्रवन्धक गणेश रानाले प्रस्तुत गर्नु भएको थियो । वहाँले आ.ब. २०७६।०७७मा संस्थाले रु २ करोड १ लाख ७१ हजार ४४३ रुपैया बराबरको करोबार भएको जानकारी दिनुभयो । यस संस्थामा १०४ महिला समुह र ५६२ सदस्य संख्या रहेको जानकरी गराउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथीले यस सहकारी संस्थाको लागि प्रदेश सरकारबाट भवन निर्माणको लागि गत बर्ष थोरै बजेट विनियोजित गरेको थियो भने थप बजेटको लागि पनि पहल भइरहेको बताए ।
कार्यक्रमको संचालन सरस्वती ग्रमिण विद्युत सहकारी संस्थाका सचिब आशा रानाले संचालन गर्नुभएको थियो ।

सेयर कर दियो ।

विज्ञापन