नगर प्रमुख वडले, वर्तमान सरकार मनपडी गरेको आरोप लगाए

२५ पुष २०७७, शनिबार
नगर प्रमुख वडले, वर्तमान सरकार मनपडी गरेको आरोप लगाए

धनगढी,२५ पुस ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धनगढीमा सरकार विरुद्ध प्रर्दशन गरेको छ । प्रतिनिधिसभा विघटन, सर्वसत्तावाद, एकाधिकार, भ्रष्टाचार र अनियमितता विरुद्ध नेपाली काँग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को आयोजनामा धनगढीमा विरोध ¥याली सहित प्रर्दशन गरिएको हो । बिरोध सभालाई सम्बोधन गर्दै धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले वर्तमान सरकार मनपडी गरेको आरोप लगाएका छन् ।

नेपाली काँग्रेस कैलालीको क्षेत्र नं. ५ले धनगढीमा शनिबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले नेपाली जनताको बलिदानीले प्राप्त संविधानमाथि मनपडी गरेको आरोप लगाएका हुन् । व्यक्तिगत स्वार्थ पूर्ति गर्न नपाएर संसद विघटन गराएका हुन्। अब काँग्रेसले संविधानको रक्षाको लागि सडकमा आएको हो।’

त्यस्तै मेयर वडले शुक्रबार धनगढीमा नेकपाले आयोजित जनसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको विकासबारे गफ मात्रै दिएर गएको टिप्पणी गरेका छन्। ‘हिजो प्रधामन्त्री ज्यूले भाषण गरेर गरेर गए। गौरीफन्टा स्तरोन्नतीवारे बोलेर गए। तर किन अझैसम्म निकास पाएको छैन। गेटा मेडिकल कलेज, छ लेन सडक निर्माण मैले गरेर भनेर गफ दिएका छन्। म अहिलेको सरकारलाई अनुरोध गर्छु, हावा गफ नदिनोस्। हामीलाई रेल र पानी जहाज चाहिएको होइन, विकास चाहिएको छ ।’ बताएका छन वड ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio