लालझाडीमा सिप विकास तथा बुनाई तालिमको उद्घाटन

१५ पुष २०७७, बुधबार
लालझाडीमा सिप विकास तथा बुनाई तालिमको उद्घाटन

नरेश राना, कञ्चनपुर,१५ पुस ।
कञ्चनपुरको लालझाडी गाउँपालिकामा श्री कञ्चन सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा सिप विकास तथा बुनाई तालीम सञ्चनलन गर्ना लागेको हो । लालझाडि गाउपालिका वडा नं. ४ मा रहेको कञ्चन सामुदायिक बन उपभोक्ता समुहको आप्नो लगानीमा यस सामुदायिक वन उपभोक्ता समुहका शेयर सदस्य महिलाहरुलाई १ महिनाको लागि होजियारी तालिम सञ्चालन गर्ना लागेको हो ।
उक्त कार्यक्रमको उदघाटन गर्दै वडा नं. ४ का वडा अध्यक्ष बहादुर राना ले भने,“ यस्तै कार्यक्रमहरु लागु गरेर सामुदायिक वन हरुले अपना उपभोक्ताहरु लाई उद्यम बनाउने र यस तालिम लिइसकेपछि व्यवासायिरुपमा लिने लाई वडा बाट हुने सेवा सुविधा दिने भनी जानकारी दिनुभएको हो ।
यस्तै विशिष्ट अतिथीमा रहनु भएका आाअअ का सचिब नरेश भट्टले यस कार्यक्रम बाट हुने लाभ यस समुदायिकका उपभोक्ता दिदीवहिनीहरुले भोलीका दिनमा आफैले घरमा बसी विभिन्न किसिमका होजियारी सिप विकास गर्ना सक्ने भनी कुरामा जोड दिनुभयो ।
यस्तै गरी कायैक्रममा प्रशिक्षकका रुपमा रहेका संगीता रानाले सिप सिक्ने प्रशिक्षर्थीहरुलाई १ महिनामा सबैले समय तथा नियामा आई तालीम लिनु होला भनी जानकारी गराउनु भयो । सो तालीममा ३० जना प्रशिक्षर्थि सहभागी हुने भएको जनाउनु भयो ।
सोहि क्रममा कार्यक्रमका सभापती रहनु भएका कञ्चन सामुदायिक वनका अध्यक्ष जगन्नाथ रानाले यो,“ तालीम लाई हामी आप्नौ लगानीबाट संचालन गर्न गइरहका छौ बताए ।” कार्यक्रम सञ्चालन कञ्चन सामुदायिक वनका सचिब बन्धो रानाले गर्नुभएको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio