लम्की–खक्रौला ४ लेन सडकको शिलान्यास

लम्की–खक्रौला ४ लेन सडकको शिलान्यास

धनगढी, १३ मंसिर ।

लम्की–टिकापुर–खक्रौला ४ लेन सडकको शिलान्यास भएको छ । नेपाल सरकारका भौतिक योजना मन्त्री बसन्त नेमाङ र उधोगमन्त्री लेखराज भट्टले शनिबार उक्त ४ लेन सडकको संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।

कैलाली क्षेत्र न. ५ का साँसद माननीय नारदमुनि राना ,कैलाली क्षेत्र न. २ का साँसद माननीय झपट रावल , सुदुरपश्चिम प्रदेश सरकारका भौतिक मन्त्री पठान सिंह बाेहरा , भौतिक मन्त्रालयका सचिब सडक बिभागका महानिर्देशक केशब कुमार शर्मा लगायत नेकापा का नेता तथा विशिष्ट ब्यक्तिहरुको उपस्थितीमा लम्की टिकापुरका जनताहरूकाे उपस्थिति रहेकाे थियाे ।


कुल २९ किलोमिटर लम्बाई रहेको उक्त सडक खण्ड १ अर्ब १४ करोड लागतमा ३ प्याकेजमा निर्माण ( २३ कि.मी २ लेन र ६ कि.मी ४लेनको ) हुने जनाइएको छ । बिगत लामो समय देखि सडकमा परेको खाल्डाखुल्डीले यात्रुहरु हैरान बनेका थिए ।

सेयर कर दियो ।

विज्ञापन