माेटरसाइकल र ट्याक्टर ठाेकिँदा एक काे मृत्यु दुइजना घाइते

माेटरसाइकल र  ट्याक्टर  ठाेकिँदा एक काे मृत्यु दुइजना  घाइते

कञ्चनपुर,७ मंसिर।

कञ्चनपुरको कृष्णपुर नगरपालिका -३ बैजनाथ मन्दिर नजिकै ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिँदा एकै परिवारका एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । वाणीदेखि देखतभुलीतर्फ गइरहेको से १ त ९५३३ नम्बरको ट्याक्टर र से १ प ६७६५ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिँदा ३५ वर्षिया रामेश्वरी जोशीको घटनास्थलमै मृत्यु भएको कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी अमर बहादुर थापाक्षेत्रीले बताए ।

सवारी दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक ५५ वर्षिय डम्मरदेव जोशी र उनकी १५ वर्षिया छोरी ममता जोशीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । वाणी बजार व्यवस्थापन समितिका अध्यक्ष जोशीकी पत्नीको घटनास्थलमै मृत्यु भएको हो । थप अनुसन्धानका लागि ट्याक्टर र चालक सुक्लाफाटा १२ का लक्की राना लाई प्रहरीले नियंत्रणमा लिएकाे छ।

सेयर कर दियो ।

विज्ञापन