कञ्चनपुरको वडाध्यक्षको सब झुण्डिएको अवस्थामा

कञ्चनपुरको वडाध्यक्षको सब झुण्डिएको अवस्थामा

बेलडाँडी,५ मंसिर ।

कञ्चनपुरको बेलडाँडी गाउपालिका वडा नं.५का वडाध्यक्षको सब झुण्डिएको अवस्थामा भेटिएको छ । बेलडाँडी गाउपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ बर्षिय कृष्ण बहादुर रोकायाको रुखमा झुण्डिएको अवस्थामा शब भेटिएको प्रहरीले जनाएको छ । विहान ७ बजे मन्दिर जान्छ भनी हिडेका उनीले ८ः१५ मा जेठा छोरालाई कल गरेर म केहिछिनमा आउछु भनेको पिडित परिवारले जनाएका छन ।
वडाध्यक्ष रोकायाको शव घर नजिकैको मन्दिर छेउको रुखमा झुण्डिएको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । घटजास्थल मृतक वडाध्यक्षको घरबाट २ सय मिटरको दुरीमा रहेको छ ।अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपीको टिम घटना स्थल पुगेर मुचुल्का उठाइ रहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

सेयर कर दियो ।

विज्ञापन