इटाहा देवस्थलकाे विकास विराेधि, स्थानिय तह

इटाहा देवस्थलकाे विकास विराेधि, स्थानिय तह

धनगढी,५ कातिक ।

इटाहा देव स्थलकाे चिनारी
कञ्चनपुर जिल्लाको लालझाडी गाउपालिका वडा नं. ४ स्थित रहेको इटाहा बाबा देव स्थल हो । इटाहा ग्राम देवताको ऐतिहासिक कुराहरुलाई हेर्दा भन्नसकिन्छ कि यहाँ कुनै कालमा बस्तिबसेको हुन सक्ने अनुमान लगाउन सकिन्छ । स्थानिय व्यक्तिहरुको भनाई अनुसार आज भन्दा पाँच हजार बर्ष पहिले यस ठाउमा पाल नामका व्यक्तिहरु बस्दै थिए रे । यहाँ इटापाल , अजयपाल,सिहपाल नाम गरेका व्यक्तिहरु आ -आप्नो क्षेत्र बनाएर बसेका थिए बताउछन । इटाहा भन्नेठाउँ हेर्दा सजिलै संग अनुमान लगाउन सकिन्छ कि यहाँ पहिले बस्ति बसेको थियो । यहाँका इटाको र मुर्तिको बनावट हेर्दा त्यस्तो भन्न सकिन्छ । यहाँ इटापाल नाम गरेका व्यक्तिहरु यहाँ बासोबास गर्थे । युग परिर्वतन संगै उनीहरुको यहाँबाट पतन भएर गए बताउछन यहाँका स्थानिय व्यक्तिहरु ।
धेरै पछि सम्म यस ठाउमा कसैको बस्ति थिएन । गाई,भैसी पालेर आप्नो गुजारा गर्ने जातिहरु मध्ये गुजर , अहिरा जातका व्यक्तिहरु यहाँ आएर बस्न थालेका हुन भन्ने कुरा यहाँका बुढापाखाहरुको भनाइबाट थाहा हुन आउछ । वहाँहरुको भनाइ अनुसार यहाँ पहिले गाइ,भैसी चरीचरन गर्नाका लागि साना साना क्षेत्र (खेरो ) बनाएर बसेका थिए । तराइमा धेरै ठाउमा यस्ता खन्जरयुक्त बस्ति हेर्न सकिन्छ ।


यहाँका स्थानिय बासी भन्दछन पहिले इटाहा भन्ने स्थानबाट राती सेतो घोडायुक्त रथमा सबार सेतो बस्त्रमा बाबा निस्किन्थ्यो ।राति बाबा रथमा बसेर आप्नो क्षेत्र घुमन जान्थ्यो । यहाँका स्थानिय व्यकक्तिहरू भन्छन बाबा रथमा बसेर आउदा रथको चारैतिर उज्यालो लाइटबलेको जस्तो देखिन्थ्यो । देखतभुलि गाउ हुदै ….सिद्घ बाबाको देवस्थल सम्म जन्थ्यो । एक पटक शिक्षक राजेश राना बताउछन साँझाको बेला थियो हामी टयल भट्ठामा बसेका थियो हाम्रो तिर ठुलो उज्यालो गर्दै केहि आइरहेको देख्यौ । हामी धेरैे बेर सम्म त्यो उज्यालो गरि आएको ट्राकलाई पख्र्यो तर हामी काहाँ आएन जब हामी बिहान उठेर त्यहि ठाउमा हेर्न गयौ त्यहाँ केहि कुनै प्रकारको निसान छाप पाएनौ पछि हामी गाउका मान्छेहरु कहाँ कुरा सुनायौ उहाँहरुले भने कि राती राती इटाहा बाबा आप्नो क्षेत्र हेर्नलाई निस्किन्छ भन्ने कुरा थाहा पयौ उनले भने ।


इटाह बाबाको ठाउको इतिहास मेटाउनेमा यो दोदा नदि प्रमुख कारण हो । दोदा भन्ने नदि खेति गर्नका लागि ल्याएको कुलो हो यसलाइ पहिले दुन्द्रा भन्ने गर्थे । यो सानो दुन्द्रा नदिलाई हामी दौडेर छलाङ लगइ यताउता गथ्र्यो बताउछन यहाँका स्थानिय व्यक्तिहरु । पछि यो नदि धुममचाउदै ठुलो रुप लिनथाले पछि यसलाइ दोदा नदि नाम दिएका हुनु । एक पटकको कुरा हो ठुलो पानी परिरहेको थियोे इटहा बाबा देवस्थल भएको ठाउ तिर नदि कटान गर्नथाल्यो त्यतिबेला स्थानिय व्यक्तिहरु भन्छन कि राति बन्दुख चलेको , गोला पटकेको ठुलो स्वारमा मान्छेहरु कराएको आवज आउथ्यो विहान गाउका मान्छेहरु हेर्न जाँदा नदि कटान गरि इटाहा देवस्थल नजिक पुगेको र एउटा कुवाँ कटान गरी लगेको हेर्ना पायौ । स्थानिय व्यक्तिहरु भन्थे पहिले यस ठाउमा धेरै सुनचाँदि ( माया) थियो त्यहि माया लिन दोदा नदि आएको होला हेर्न गएका मध्य एक जना व्यक्तिले भने ।
नेपाल सरकारले अंग्रेजहरुलाई बन जंगल काटनी गर्न दिएको बेला एक पटक यहाँ उनीहरुले खोदाइ गरेको बताए त्यतिबेला उनीहरु यहाँबाट के लगेर गए थाहा भएन तर ट्राक लिएर खोदाइ गर्न आएका हुन बताए । वि.स. २०४८ साल तिर यहाँका गाउलेहरुले कुवाको बारेमा थाहा पाए पछि सात दिन सम्म खाेदान गरे तर केहि भेटाएनन बताउछन स्थानिय बासिन्दा ।


उत्खनन कार्य
वि.सं. २०४८ साल तिर गाउँलेहरुले कुवाको खोदान गरे पछि नेपाल सरकार पनि चासो दियो र यहाँका इटाहरु पुरात्वविक विभाग काठमान्डौमा परिक्षणका लागि लगेको बताए । पुरात्वविक विभागले नै इटाको आयु पाँच हजार देखि साडे चार हजार बर्ष पुरानो रहेको बताएका हुन । त्यस पछि यता कुनै उत्खनन कार्यहुन सकेको छैन बताउछन ।


विकास कार्यको बाधा स्थानिय तह
यस इटाहा देव स्थल तिन वटा स्थानिय तहमा बिभाजन भएको छ । पुर्वमा लालझाडी गाउपालिका उत्तरमा कृष्णपुर नगर पालिका र पश्चिममा सुकलाफाँटा नगर पालिका देखतभुलि गाउँ लाई तिन तिनवाट स्थानिय तहमा बिभाजनले यहाँका राजनीतिक चलखेलले गर्दा यस ठाउको विकास लगाएत उत्खनन कार्य हुन सकिरहेको छैन बताउछन । यस ठाउको विकासको लागि कुनै पनि स्थानिय सरकारले बजेट बिनियोजन गरेको छैन आर्थिक वर्ष २०७६।७७मा प्रदेश सरकारले केहि बजेट हालेको भए पनि एउटा राम्रो धर्मशाला पनि बन्न सकेको छैन । समिति लगायत हेरविचर गर्न शुक्लाफाँटा नगर पालिकाका ब्यक्तिहरुले गरेको भए पनि इटाहा देव स्थल लालझाडी पाउपालिका वडा नं. ४ मा पर्दछ । यहँका स्थानिय व्यक्तिहरुको अरोप छ कि इटाहा देव स्थल लालझाडि गाउपालिकाको क्षेत्रअधिकार भित्र पर्दछ भने किन यहाँका स्थानिय व्यक्तिलाई संरक्षणको जिम्मा दिदैनन । यसको समितिमा प्रमुख पदम गैर रानाथारु जो कि उसलाई यसको महात्वको बारेमा केहि थाहा नै छैन त्यसता व्यक्तिहरु यसको अगुवाइ गर्दछन बताए । हामी यस इटाहा देव स्थललाई देखतभुलि गाउको पुर्खाैली देवताको रुपमा पुजा गर्दै आइरहेका छौ बताउछन मन्दिर व्यवस्थापन समितिका पुर्व अध्यक्ष ठग्गी राना । राजनीतिक विवादले बन्नै लागेको रानाथारु संग्राहलय यहाँबाट सारेर लालझाडि ५ भकुन्डामा निर्माणधिन आवस्थामा रहेको छ ।


सम्भावित पार्यटकिय क्षेत्र
लालझाडि गाउपालिका वडा नं. ४ मा अवस्थित इटाहा बाबा देवस्थलमा पार्यटकस्थल पुर्णरुपमा विस्तार गर्न सकिन्छ । धनगढी उपमहानगर पालिका र भिमदत्त नगर पालिकाको विचमा पर्ने उक्त देव स्थाल पौराणीक देवस्थलको रुपमा विकास गर्न सकिन्छ । पार्यटनको विगटता भएता पनि उत्तरबाट पुलको निर्माण कार्य शुरुभएको बर्षौ दिन भए पनि यहाँका जनहरूको ठुलो इच्छा छ यो पुल निर्माण संगै मन्दिरमा आउने पार्यटकहरु बढने विश्वास व्यक्त गरेका छन यहाँका स्थानिय व्यक्ति । यस ठाउँलाई रानाथारुको पुरानो देवस्थलको रुपमा चिरपरिचित गर्न सकिन्थ्यो बताउछन ।

सेयर कर दियो ।

विज्ञापन