पुनर्वास १० वडाकार्यालयको भवनको सिलान्नायस

२१ आश्विन २०७७, बुधबार
पुनर्वास १० वडाकार्यालयको भवनको सिलान्नायस

पुनर्वास,२१ असाेज ।

कञ्चनपुरको पुनर्वास नगर पालिका वडा नं.१० को वडा कार्यालयको भवनको सिलान्नायस भयो ।आज एक कार्यक्रमका विच वडा कार्यालयको भवनको सिलान्नायस पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाले गर्नु भएको थियो ।

“भवन सिलान्नास पछि वहाँले भन्नु भयो विस्तारै अन्य कृषि प्रयोगशाला , नगर स्वास्थ्यका भवनहरु पनि निर्माण हुने बताए ” । १ करोड ३३ लाखको लागतमा निर्माण हुनलागेको नवनिर्मित भवनको निर्माणको जिम्मा जय लक्ष्मी कन्ट्रेन्स कम्पनी कैलालीले पाएको छ ।

उक्त भवन साबिक वडा नं. ५ र ६ को विचमा पर्ने विजय माध्यमिक विद्यालयको अगडिको अन्दाजी ८ कट्ठा जति रहेकाे खालि जग्गामा निर्माण हुन लागेको बताए पुनर्वास नगरपालिका १० का वडा अध्यक्ष सुकदेव राना ।

निर्माण हुन लागेको वडा कार्यालयको भवन यसै आर्थिक मसान्त भित्र बनाइ सक्नु पर्ने छ बताए अध्यक्ष राना । वडाबासीहरुलाई पाएक पर्ने ठाउँमा भवन निर्माण हुना लागे पछि सेवाग्रही खुशी छन बताउछन स्थानिय वडाबासी ।

भवन सिलान्नायस कार्यक्रममा वडा नं. १० का सम्पुर्ण वडा सदस्य स्थानिय राजनितिक पार्टिका प्रतिनिधहरुको उपस्थिती रहेको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio