उद्योगपति दानपालीको ४५ औँ पूण्यतिथीमा आमाको माया छात्राबासलाई खाद्यन्न सहयोग

१४ आश्विन २०७७, बुधबार
उद्योगपति दानपालीको ४५ औँ पूण्यतिथीमा आमाको माया छात्राबासलाई खाद्यन्न सहयोग

धनगढी,१४ असाेज ।

एमबिएल स्टिल एण्ड आल्मोनियम उद्योग धनगढीका संचालक एंव दानपाली ग्रुपका प्रबन्ध निर्देशक सामाजिक अगुवा,उद्योगपति विष्णु दानपालीको ४५ औ पुण्य तिथीको अवसरमा आमाको माया छात्राबासमा रहेका असाहाय बालबालिकाहरुलाई करिब १५ हजार बराबरको खाद्यन्न सामाग्री सहयोग गरिएको छ ।

उद्योगपति दानपालीको पूण्यतिथीको अवसरमा दानपाली ग्रुपले चामल ५० किलो,तेल ५ लिटर,दाल ५ केजी,चिनी ५ केजी,चियापत्ती आधाकेजी,जिरा पाउडर आधाकेजी,धनिया आधाकेजी,हल्दी आधाकेजी,खुर्सानी आधाकेजी,नुन ५ पाकेट,अण्डा २ क्रेट,फुरुन दाना २ पाकेट,चिउरा ३ केजी,बिस्कुट २ पाकेट,चाउचाउ १ पेटी,आलु ५ केजी,लौकी २ केजी र घिरौला ५ केजी सहयोग गरेको हो ।

उक्त खाद्यन्न सामाग्रीहरु स्व विष्णु दानपालीकी धर्मपत्नी ईन्दा दानपाली र दानपाली परिवारले आमाको माया छात्राबासका प्रमुख माधव थापामगरलाई हस्तान्तरण गुर्नभएको थियो । एमबिएल स्टिल एण्ड आल्मोनियम उद्योगका संचालक उद्योगपति दानपालीको २०७७ भाद्र २ गते धनगढी स्थित आफ्नै निवासमा असामयिक निधन भएको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio