मेराे सात भनाइ

मेराे सात भनाइ

अनिता राना –

धनगढी,१६ भादाै ।

१) जो मान्छे आफ्नो इज्जतको कदर गछ॔ र अरु को इज्जतमा दाग लगाउँछ भने त्यो मान्छे मुर्खा सम्मान हुन्छ ।

२) यदि तपाईंमा सहानशक्ति छ भने कुनै चीजको कमि हुँदैन ।

३) तिमीलाई कसैले धोका दिएको छ भने त्यसलाई सम्झेर नरोऊ बरु उसलाई राम्रो मान्छे बनेर देखाऊ त की उसले तिमीलाई नै सम्झेर रोऊन ।

४) सबैको अगाडी आफ्नो दुःख पोख्ने नगर किन की दुनियाँ सप्तरङ्गी छ।

५) कसैले तिमीलाई प्रेम प्रस्ताव राख्दै छ भने त्यसको जवाफ तुरुन्तै नदेउ केही समय उसैसँग साथीको नाताले रमाऊ र केही कुरा बुझ अनि मात्र जबाफ देउ ।

६) तिमीलाई देखेर कोही मान्छे जलन हुदैछ भने तिमी केही न भन त्यो मान्छे आफैँ जलेर जान्छ ।

७) सत्य बोल्नु धर्म हो भने झुठो बोल्नु पाप हो ।

सेयर कर दियो ।

विज्ञापन