धनगढी उपमहानगरपालिकाद्धारा ज्येष्ठ नागरिक बहुउद्धेश्य भवन निर्माण, नगर प्रमुख वडद्धारा उद्धघाटन ।

धनगढी उपमहानगरपालिकाद्धारा ज्येष्ठ नागरिक बहुउद्धेश्य भवन निर्माण, नगर प्रमुख वडद्धारा उद्धघाटन   ।

धनगढी,२७ असाड ।

विश्व जनसंख्या दिवसको अवसरमा फुलवारी ज्येष्ठ नागरिक समितिको ज्येष्ठ नागरिका लागि बहुउद्धेश्य दिवा सेवा केन्द्र भवनको उद्घाटन तथा संस्थाको प्रथम बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सस्थाको नव निर्मित दिवा सेवा केन्द र संस्थाको पहिलो साधारण सभाको एक समारोह विच धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले उद्घाटन गर्नु भएको थियो ।

उक्त दिवा सेवा केन्द्र भवन धनगढी उप महानगरपालीको अनुदान र सस्थाको कोषवाट गरी करिब १५ लाखको लागतमा निर्माण सम्पन्न गरिएको संस्थाका अध्यक्ष होम प्रसाद गौतमले बताउनु भयो । ज्येष्ठ नागरिकहरुको विभिन्न सवालमा पैरवी गर्दै आइरहेको संस्था फुलवारी ज्येष्ठ नागरिक समितिले २०७१ साल देखि ज्येष्ठ नागरिकहरुलाई संगठित गर्दै समुह परिचालन मार्फत विभिन्न गतिविधीहरु गर्दै आइरहेको थियो ।

यस संस्थाले ज्येष्ठ नागरिकका लागि ज्येष्ठ नागरिक सम्मान,ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण, जाडोको समयमा चिसोका कारण अफ्ठेरोमा परेका ज्येष्ठ नागरिकलाइ कम्बल वितरण,गर्मीको समयमा झुल वितरण र ज्येष्ठ नागरिक मैत्री जीविकोपार्जनका लागी तालिमहरुको ब्यवस्था गर्दै आइरहेको छ । २०७१ साल देखी अनौपचारिक समुहको रुपमा रहेको संस्था २०७५ साल औपचारिक रुपमा दर्ता भई आफ्ना गतिविधि गरिरहेको छ ।

विपद्को वेला ज्येष्ठ नागरिकहरुलाइ कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा विभिन्न खाले तालिम र जनचेतनामुलक कार्यक्रमहरु संस्थाले गर्दै आइरहेको कुरा संस्थाका सचिव भुमिनन्द ओझाले बताउनु भयो । संस्थाले ज्येष्ठ नागरिकहरुको जीविकोपार्जनमा सहयोग पुर्याउन घुम्तीकोष परिचालन गरेको छ ।

हाल संस्था संग ६ लाख भन्दा बढी रकम रहेको कुरा सचिव ओझाले वताउनु भयो ।भवन उद्घाटन तथा साधारण सभा कार्यक्रममा धनगढी उप महानगरपालीका नगर उप प्रमुख सुशिला मिश्र भट्ट,धनगढी वडा नं. १८ का वडा अध्यक्ष मुरारी अधिकारी, फाया नेपालका निवर्तमान अध्यक्ष एवं सामाजिक अभियन्ता शेर बहादुर बस्नेत लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका अध्यक्ष श्री होम प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन,आर्थिक प्रतिवेदन पेश गर्दै आगामी कार्यकालको लागि श्री होम प्रसाद गौतमको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरिएको छ ।

सेयर कर दियो ।

विज्ञापन