धनगढीमा कोभिड १९को परीक्षण शुरू

धनगढीमा कोभिड १९को परीक्षण शुरू

धनगढी,२० चैत

सेती अस्पताल धनगढीमा बिहिवार साँझदेखि कोरोना भाइरस (कोभिड १९) परीक्षण शुरु गरिएको छ । कोरोना भाइरस (कोभिड १९) जाँच गर्ने मेसिनसहित मंगलवार नै धनगढी पुगेको विशेषज्ञ टोलीले परीक्षण शुरु गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सुदूरपश्चिम प्रदेशका लागि आएका ‘मोलिकुलर माइक्रोबायोलोजिस्ट’ सुनिलप्रसाद लेखकले सेती प्रादेशिक अस्पतालका प्राविधिकहरुको सहकार्यमा कोरोना भाइरस परीक्षण गर्ने रियल टाइम पीसीआर मेसिन जडानको कार्य सकिएपछि परीक्षणको काम शुरु गरेको जानकारी दिए ।

एक जना शंकास्पद बिरामीको नमूना परीक्षण गरिरहेको बताउँदै लेखकले क्रमिक रुपमा एक/एक जनाको परीक्षण गर्ने बताए । परीक्षणको रिपोर्ट १ घण्टामा आउने बताइएको छ ।

सेती प्रादेशिक अस्पतालमा हालसम्म २४ जना शंकास्पद बिरामी रहेका छन् । जसमध्ये १ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ भने २५ जनाको रिपार्ट नेगेतिभ्ह देखिएको छ । १४ जनाको रिपार्ट आउन बाँकी रहेको अस्पतालले बिहीवार एक विज्ञप्ति जारी गरी जनाएको छ ।

सेयर कर दियो ।

विज्ञापन