रानाथारु समुदाले लकडाउनको बिचमा यसरी मनाएँ चराँइ पर्व

रानाथारु समुदाले लकडाउनको बिचमा यसरी मनाएँ चराँइ पर्व

धनगढी , १३ चैत २०७६ रानाथारु समुदाले लकडाउनको बिचमा यसरी मनाएँ चराँइ पर्व ।

रानाथारु समुदायले मनाउने चराँइ पर्व यस वर्ष चैत महिनाको शुक्ल पक्षको १३ गते बृहपतबारको दिनपरेको थियो । रानाथारुहरुले मनाउने होरी पछिको विशेष पर्वको रुपमा मनाउने गर्छन यो चराँइ पर्व ।

देवी माताकाे पुजा समान


हामीले चराँइ पर्वको बारेमा केहि व्यक्तिहरु संग फोनमार्फत प्रतिक्रिय लिएका थियौ । वहाँहरुलाई हामीले फोन मार्फत सोधेका थियौ ? देश कोराना भाइरसको लकडाउनको आवस्थामा घरबाट बहिर ननिस्कन भनेकाे छ यस्ताे स्थतिमा तपाइले यो चराँइ पर्व कसरी मनाउन लाग्नुभएको छ ।

पुजाकाे अग्रासन दिन


पुर्नवास नगर पालिका वडा नं.६ सिमरी गाउका तिर्थराज रानाले भने हामी पुर्नरवास नगर पालिकामा रहेका गाउमा चाकर घरघर बाट पुजाको समाग्री उठाएर गाउको गुरुवा ( भर्रा) भलमन्सा र चाकर मिलेर पुजागरी चराँइ पर्व मनाए जनाकारी दिनुभयो ।
त्यसैगरी बेलौरी नगर पालिका वडा नं. ५ भकुन्डा कि जानमति रानाले भनिन एक एक गरी महिलाहरु पुजाको समाग्री गाउको गुरुवालाइ दिएर अयौ सबैको घरबाट पुजा समाग्री आएपछि भलमन्सा ,चाकरले चराँइमा देवीमाताकाे पुजा गरी मनाए । वहाँले भनिन दुःख त यो कुराको छ कि हामीले यस बर्षको अन्तिम होरीको विदाइगर्न पाएनौ ।
त्यसैगरी लालझाडि गाउपालिकाबाट हाम्रा रिपोर्टर नरेश रानाले दिएको जानकारी अनुसार लालझाडि गाउपालिकामा कोरानाभाइरको डरले कोइ पनि ब्यक्ति घरबाहिर निस्केन गाउको चारकरले एक दिन अगाडि घरघरबाट पुजाको लागि चामल उठाए उक्त चामलको भलमन्साको घरमा देवीमाताको लागि अग्रासन बनाइ गाँउको गुरुवा , भलमन्सा मिलेर पुजा गरे भनेर जानकारी दिनुभयो ।

पुजासमाज दन जाँदैगरकाे


यसरी धनगढी उपमहानगर पालिका वडा नं. ११ का चेतराज रानाले हाम्रो घोडसुवा गाउमा महिलाहरु भलमन्साको जिम्मामा अग्रासन लगाएर आइन बताए ।
त्यसै गरी धनगढी उपमहानगर पालिका वडा नं. ८ का भलमन्सा भज्जी रानाले भने महिलाहरु आफनो घरको अग्रासन लगायत समान चाकरलाइ दिएर गइन सबैको घरबाट अग्रासन आइसके पछि हामीहरु पुजागरी चराँइ पर्वमनायौ भनेर जानकारी दिए ।
कुनैबेला हर्ष उल्लासले मनाउने पर्व यस वर्ष कोराना भाइरसको कारणले देश लकडाउन गरेको आवस्थामा आपनो मरम्परालाई जोगाउदै देवी मातालाई पुजा गरी चराँइ पर्व मनायौ भने देवहरिया गाउका गुरुवा सियाराम राना बताए ।

पुजाकाे समान दिन

सेयर कर दियो ।

विज्ञापन