संस्था कब्जामा राखेर बस्ने प्रवृती राम्रो होईन , नगरप्रमुख वड

संस्था कब्जामा राखेर बस्ने प्रवृती राम्रो होईन , नगरप्रमुख वड

धनगढी, १७ फागुन
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले संघ संस्था कब्जामा राखेर बस्ने प्रबृती राम्रो नभएको बताएका छन् ।
नेपाल वाल संगठन जिल्ला कार्यसमिति कैलालीको बार्षिक जिल्ला सभा बैठकको उद्घाटन गर्दै नगरप्रमुख वडले यस्तो धारणा राखेका हुन । संघसंस्था ओगटेर बस्ने तर काम नगर्नेहरु थुप्रो छन् नगरप्रमुख वडले भने, आफुपनि काम नगर्ने र संस्थामा चिप्कीएर बस्नेहरुले संघसंस्थाहरुले गति लिन सकेको छैन । नगरप्रमुख वडले नेपाल वाल संगठन संग स्थानीय सरकार सम्झौता गरेर काम गर्न तयार रहेको बताए । देशभरी हेर्ने हो भनेपनि नेपाल वाल संगठन संग बालबालिकाहरुको संख्या न्यून छ नगरप्रमुख वडले भने, भएको श्रोत साधनपनि काम लगाउन सकेको देखिदैन ।
संघ संस्था कसरी चलाउनुपर्छ भन्ने कुरो हेर्नका लागि धनगढीमा संचालन गरेको दृष्टी फाउन्डेशनलाई हेर्दा हुन्छ नगरप्रमुख वडले भने, कल्पना भट्टबाट धेरै कुरा सिक्न सकिन्छ । नगरप्रमुख वडले दृष्टी फान्डेशन, बर्दगोरीयमा रहेको साहारा घर र मानव सेवा आग्रम जस्ता परोपकारी संस्थाका कारण धनगढी सडक मानव मुक्त शहर बनेको बताए ।
धनगढीमा एसओएस बालग्राम रहेको छ नगरप्रमुख वडले भने, १ सय १८ जना टुहुरालाई संरक्षण दिएको भएपनि धनगढी उप–महानगरपालिका बाहेक कतैबाट सरकारी सहयोग प्राप्त छैन । एसओएसमा रहेकाले प्रदेश सरकारले पनि सहयोग गर्नुपर्छ भनेर पटक पटक मुख्यमन्त्री कहाँ धाउदा पनि सहयोग नपाएको गुनासो नगरप्रमुख वडले बताए ।
कार्यक्रममा दृष्टी फाउन्डेशनका संचालक कल्पना भट्ट, आमाको माया छात्रबासका अध्यक्ष योगन्द्र चन्द लगायतका ब्यक्तिहरुलाइृ सम्मान गरिएको थियो

सेयर कर दियो ।

विज्ञापन