बाल विवाह विरुद्ध कानुन कार्यान्वयनको अवस्था र आगामी रणनिती सम्वन्धि गोष्ठी सम्पन्न

३१ जेष्ठ २०७८, सोमबार
बाल विवाह विरुद्ध कानुन कार्यान्वयनको अवस्था र आगामी रणनिती सम्वन्धि गोष्ठी सम्पन्न

धनगढी,३१ जेठ ।

दलित महिला अधिकार मंच नेपालको आयोजनामा बाल विवाह विरुद्धको कानुन कार्यान्वयनको अवस्था,चुनौती र स्थानिय सरकारको आगामी रणनैतिक योजना विषयक ३ दिने विश्लेष्णात्मक भुर्चअल गोष्ठी सम्पन्न भएको छ ।

जी एफ.एफ को सहयोगमा किशोरी सशक्तिकरण परियोजना अन्र्तगत आयोजित उक्त गोष्ठी स्थानीय सरकारलाई बाल विवाह विरुद्ध निती,कानुन तथा कार्यक्रम निर्माण र बालविवाह विरुद्ध रणनैतिक योजना विश्लेषण तथा स्थानिय तहमा कार्यान्वयनमा सहजता पुगोस भन्ने उद्धेश्यले आयोजना गरिएको दलित महिला अधिकार मंच नेपालकी कार्यकारी अध्यक्ष सावित्रा घिमिरेले बताउनु भयो ।

कार्यक्रममा बाल अधिकार, बाल विवाह विरुद्धको कानुन कार्यान्वयनको अवस्था र बालअधिकार सुनिश्चितता सम्वन्धि सरकारको रणनैतिक योजना, निती तथा कार्यक्रमहरुको वारेमा शिव तालिम तथा परामर्श केन्द्रका प्रशिक्षक अधिवक्ता शिवलाल पाण्डेयले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरुले बाल विवाहको अन्त्य सामाजिक सचेतना महत्वपूर्ण भएकाले स्थानिय सरकारले बालविवाह अन्त्यका लागि विशेष निती तथा कार्यक्रम तर्जुमा गरी प्रभावकारी कार्यान्वयनका साथै बालअधिकार संरक्षण र सम्वद्र्धनमा सरोकारवालाहरुले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बाल तथा किशोरी क्लबका प्रतिनिधीहरुले बालविवाह अन्त्यका लागि सचेतना अभिवृद्धि गर्ने अभियानमा आफूहरु सक्रिय रहेकाले त्यसमा स्थानिय सरकारको सहयोग हुनुपर्ने बताएका थिए ।

गोष्ठीमा लम्की चुहा नगरपालिकाकी उपप्रमुख टिका थापा,बर्दगोरीया गाउँपालिकाकी उपाध्यक्ष भगवती डगौँरा थारु,दलित महिला अधिकार मंच नेपालकी कार्यकारी अध्यक्ष सावित्रा घिमिरे, वडा सदस्य कोकिला खत्री,जानकी गाउँपालिका वडा नं ६ की सदस्य दिपक देवी न्यौपाने,नेपाल पत्रकार महासंघका कैलाली उपाध्यक्ष दुर्गा देवकोटा,

जनता टेलिभिजनका पत्रकार छत्र मल्ल,पत्रकार गीता चौधरी,शिक्षक मोहनराज उपाध्याय,राजेन्द्र पोखरेल,एकिकृत किशोरी समूहकी संयोजक कञ्चन विक,लम्की किशोरी समूहकी संयोजक गितीका सुनाम लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम दलित महिला अधिकार मंच नेपालकी कार्यकारी अध्यक्ष सावित्रा घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन संयोजक अभिलाषा भण्डारीले गर्नुभएको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio